१० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले घटाएको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

घटाइएको मूल्यअनुसार अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ। त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ।

बाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ। यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले मूल्य घटाएको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट