लकडाउन अवधिभर शेयर बजार बन्द रहने

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

काठमाडौं । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको भन्दै शेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

नेप्सेले यसअघि पनि एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्ने भएपछि थप बन्द गर्न बोर्डले निर्देशन दिएको हो ।सरकारले लकडाउनको अवधि बढाए सँगै शेयर बजार पनि थप एक साता बन्द गर्न निर्देशन दिइएको हो ।

नेप्सेका सीईओ चन्द्रसिंह साउदले बजार कति बन्द गराउने भन्ने सोमबार निर्णय हुने भन्दै लकडाउन अवधिभर बन्द गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार शेयर बजार कति दिन बन्द गर्ने भन्ने निर्णयको जिम्मा नेप्सेको हो । ‘एक साताका लागि पनि हुनसक्छ, लकडाउन अवधिभर पनि हुनसक्छ’ उनले भने, हामीले निर्देशन दिएका छों, कति दिन बन्द गर्ने भन्ने निर्णयको जिम्मा नेप्सेको हो ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट