प्रहरीले ग्यास सिलिन्डर बोकेकालाई सडकमै बसाएको घटनाबारे छानबिन सुरु

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

काठमाडौं । लकडाउनका बेला ग्यास सिलिण्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।

अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरेको छ। प्रहरीले भनेको छ-सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौँ ।

‘यो कहाँको तस्बिर हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोज्न थालेका छौं’, प्रहरी प्रधान कार्यालयले भनेको छ-‘अहिले त तस्बिर मात्रै देखेका छौं तर छानबिन पछि के आउँछ त्यही अनुसार कारवाही हुन्छ।’

यसअघि पनि सुनसरी खनारको एक भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा प्रहरीले साइकल यात्रुलाई लाठीले हानेको थियो। भिडियो भाइरल बनेसँगै ती दुई प्रहरी हवल्दारलाई विभागीय कारवाही गरिएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट