राष्ट्र बैंकको राहत: चैतमा तिर्नुपर्ने साँवा र ब्याज असारसम्म तिर्दा हुने

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणसँगै व्यापार व्यवसाय ठप्प भएपछि ऋणिलाई सहुलियत दिने भएको छ ।

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो । कोरोनाका कारण अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै राष्ट्र बैंकले ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको जनाएको छ ।

चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा हर्जना नलाग्ने तथा यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने राष्ट्र बैंकले जानकारी दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट