कोरोना भाइरसका कारण इपिएल स्थगित

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने लिग अनिश्चितकालका स्थगित गरिएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।

६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी विदेशी खेलाडीका साथै खेल तालिका पनि सार्वजनिक भइसकेको थियो । तर, नेपाल सरकारले नै ठूला कार्यक्रम आयोजना नगर्न निर्देशन दिएपछि त्यसलाई मध्यनजर गरेर यो प्रतियोगिता स्थगित गरिएको हो ।

आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले सरकारको निर्णयलाई ध्यानमा राख्दै हालका लागि स्थगित गरिएको र नयाँ मिति केही समयपछि सार्वजनिक गर्ने बताएको छ । इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिए। उनले विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट