कांग्रेसद्वारा मन्त्री बाँस्कोटाको राजीनामा माग

राष्ट्रियसभा अवरुद्ध गरेको कांग्रेसले संसद् पनि चल्न नदिने

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो।

बैंक नोट, पासपोर्ट, स्मार्ट कार्डलगायतका कुरा नेपालमै छाप्नका लागि एउटा सेक्युरिटी प्रेस नेपालमै जडान गर्नका लागि सो स्वीस कम्पनीलाई जिम्मा दिने तयारी भएको थियो। तर, पछि उक्त कम्पनीले जिम्मा नपाउने भएपछि सो अडियो सार्वजनिक भएको हो।

कांग्रेसले राष्ट्रियसभा बैठकसँगै संसद् बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट