शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा,चरेश खान नपाइने

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

काठमाडौं । शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फागुन ९ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन नेपाल स्काउटका स्वयंसेवकसहित ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ । गाँजा चरेश खाएर शिवरात्री पर्व मनाइन्छ भन्ने सन्देशलाई गलत ठह¥याउन पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

कोषले बुधबार पत्रकार सम्मेलन गरेर शिवरात्रीका अवसरमा पशुपति मन्दिर दर्शन गर्न पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड- दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट