कोरोनाले लियो वुहान अस्पतालका निर्देशकको ज्यान

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार

बेइजिङ । चीनको वुहानस्थित वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ ।

झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । झिमिङ्ग कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो ।

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या सोमबारसम्म एक हजार आठ सय ६८ जना पुगेको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।

कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट