बलात्कार प्रयास मुद्दामा महरा निर्दोष रहेको अदालतको फैसला

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको मुद्दामा सफाइ दिएको छ ।

सोमबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला सुनाएको हो । निर्दोष ठहरिएसँगै महरा १३४ दिनपछि घर फर्किनेछन्।

संसद् सचिवालयकी कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट