महानायक राजेश हमालको फिल्मी यात्रा उनकै शब्दमा (भिडियोसहित)

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमालले ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को चौथो दिन आफ्नो कथा सुनाए। चलचित्रको पर्दामा राजेशले काम नगरेको ७ वर्षभन्दा बढी भए पनि उनलाई हेर्न हल टनाटन भरिएको थियो।

महोत्सवको एउटा शेसन ‘मेरो कथा’ मा राजेशको कथा सुन्‍न आइपुगेका दर्शकलाई राजेशले आफ्नो कथा सुनाए। राजेशलाई पहिलोपल्ट चलचित्र क्षेत्रमा प्रवेश गर्दा यही क्षेत्रमा जीवनभर रहिरहन्छु भन्ने लागेको झिनो आशा पनि थिएन।

उनले करियर सुरुवातको समय सम्झदै राजेशले भने, ‘मेरो पहिलो गाँसमा नै ढुंगा परेको थियो।’ राजेशले आफ्नो चलचित्र क्षेत्रको यात्रा सुनाउन सुरु गरे, ‘यात्रा त मेरो लामो नै छ, उमेर २१ भए पनि, ३० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट