रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी’ सार्वजनिक

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनलाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएका छौ, यसले स्रोता/दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट