टर्की भूकम्पमा ३१ जनाको मृत्यु

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार

टर्की । शुक्रबार साँझ टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । टर्कीको एलाजिग प्रान्तको सानो शहर सिभरिस केन्द्रबिन्दु भएर शुक्रबार साँझ ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको र करिब एक हजार ६०७ जना घाइते भएको जनाएको छ । भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ ।

उद्धारकर्मीहरु शनिबार पनि दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट