धादिङ ट्रक दुर्घटनामा ६ जनाको ज्यान गयो

प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् ।

झण्डै २५ यात्रु रहेको अनुमान गरिएको ग१ख ८०१२ नम्बरको मिनी ट्रक निलकण्ठ नगरपालिका-८, मैलीभञ्ज्याङ ससाह ज्यामिरेमा सडकमै पल्टिएको हो।

दुर्घटनामा घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा र गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट