हिमपहिरोमा हराएका आफ्ना नागरिक खोज्न कोरियाली उद्धार टोली घटनास्थलमा

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

कास्की । अन्नपूर्ण आधार शिविरमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका आफ्ना नागरिकको खोजी तथा उद्धारका लागि कोरियाली उद्धार टोली घटनास्थलतर्फ जाने भएको छ ।

अन्नपूर्ण आधारशिविर एबीसी पदमार्गमा गएको शुक्रबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली र चार जना कोरियाली सम्पर्कविहीन भएका थिए । कोरियाली उद्धारकर्मीको टोली आइतबार बेलुका नै पोखरा पुगिसकेको छ ।

पोखराबाट शनिबार खोजीका लागि गएको नेपाली उद्धारटोलीले मौसम खराब भएका कारण राम्रोसँग खोजी गर्न र उनीहरुको अवस्था पत्ता लगाउन समस्या भएको जनाएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट