पानी र हिउँले देशभर कै तापक्रम घट्यो

प्रकाशित मिति: ५ माघ २०७६, आईतवार

काठमाडौं । केही दिनदेखि वर्षा र हिमपात गराएको मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको एक, दुई दिन पानी पार्ने खालको मौसमी प्रणाली नदेखिएकाले मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ । आइतबारदेखि मौसम सफा रहे पनि देशका विभिन्न ठाउँको तापक्रम आज शनिबारभन्दा ३ डिग्री सेल्यिससम्म घटेको छ ।

महाशाखाका अनुसार शनिबार ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज २ डिग्रीले घटेको छ । काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

धेरै ठाउँको तापक्रम घटे पनि नेपालगञ्जको तापक्रम भने शनिबारभन्दा ५ डिग्री सेल्सियसले बढेको छ । हिजो न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जको तापक्रम आज बिहान १४ दशमलव ४ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट