युक्रेनी जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको आशंका

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार

तेहरान । ईरानको राजधानी तेहरानमा एक सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सको बोइङ्ग ७३७ विमान ईरानको इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएको हो । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १८० जना यात्रु तथा चालकदलका सदस्य लिएर उडेको इरान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानका समाचार संस्था आइएसएनएका अनुसार युक्रेनियन एयरलाइन्सको विमान प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको हो । इरानको रेड क्रेसेन्टले विमानमा रहेकाहरु जीवित रहने सम्भावना नरहेको बताएको छ । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट