तोलाको ७६ हजार पुग्यो सुन

प्रकाशित मिति: २१ पुष २०७६, सोमबार

काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार तोलामा १ हजार रुपैयाँले बढेको सुन सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् । गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको उनीहरुको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट