पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

प्रकाशित मिति: १ पुष २०७६, मंगलवार

लाहौर । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

मंगलबार पाकिस्तानको लाहोर उच्च अदालतका प्रधानन्यायाधीस वकर अहमद सेठको नेतृत्वको इजलाशले मृत्युदण्डको आदेश सुनाएको हो । पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएअनुसार विशेष अदालतले आज सो मुद्दाको फैसला दिने घोषणा गरे पनि सरकारी वकिलले भने अन्य तीनजना लाई पनि छानविनमा ल्याउन आग्रह गरेको छ ।

उनीहरुले पूर्वप्रधानमन्त्री शौकत अजिज, सर्वोच्च अदालतका पूर्वप्रधान न्यायधिस अब्दूल हमिद दोगर र पूर्व कानूनमन्त्री जाहिद हमिदलाई समेत सोहि मुद्दामा उनलाई सहयोग गर्ने आरोपीको रुपमा छानविन गर्न माग गरिएको छ। मुशर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् ।

केही दिनअघि मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराउँदै जाँच आयोगलाई आफ्नो अवस्था बुझ्न दुबई नै आए हुन्छ भनेका थिए । तत्कालिन सेना प्रमुख मुसर्रफले सन् १९९९ मा सैन्य कू गरी ९ वर्षसम्म एकलौटी शासन चलाएका थिए । त्यसपछिको आमनिर्वाचनमा उनको दल हारेपछि मात्र उनी सत्ताबाट हटाइएका हुन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट