१३औँ साग: भारत पहिलो र नेपाल दोस्रो स्थानमा

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

काठमाडौं । मंगलबार सम्पन्न १३औँ सागमा भारतले आफ्नो वर्चश्व कायम राख्दै अग्रस्थान हासिल गरेको छ । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वर्चस्व जमाएको भारतले १३औँ सागमा १७४ स्वर्ण जित्दै आफूलाई अग्रस्थानमा राख्न सफल भएको हो।

भारतले १७४ स्वर्णसहित ९३ रजत र ४५ कास्य गरी ३१२ वटा पदक जितेको थियो। बाँकी सबै राष्ट्रले पाएको स्वर्णको संख्या १४२ छ, जो भारतले एक्लै पाएको भन्दा ३२ ले कमी हो। यसअघिका साग प्रतियोगिताहरुमा जस्तै भारतले सर्वाधिक स्वर्ण पदक जित्दै आफूलाई अग्रस्थानमै राख्न सफल भएको छ।

यस्तै दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जित्न सफल भएको थियो भने श्रीलंकाले ८३ रजत र १२८ कास्य गरी कूल २५१ पदक जित्दै तेस्रो स्थान हासिल गरेको थियो। १३औँ सागमा नेपालले जितेको ५१ स्वर्ण पदक भने अहिलेसम्मकै सर्वाधिक हो। यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो।

यस्तै ३१ स्वर्ण जितेको पाकिस्तानले ४१ रजत र ५९ कास्य गरी कुल १३१ वटा पदक जित्दा बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी जम्मा १३८ वटा पदक जितेका थियो भने माल्दिभ्सले १ स्वर्ण र ४ कास्य गरी ५ पदक र भुटानले ७ रजत र १३ कास्य गरी २० वटा पदक जितेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट