दोधारा चाँदनी झोलुङ्गे पुल दैनिक ७ घण्टा बन्द

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

कञ्चनपुर । ठाउँठाउँमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल शनिबारदेखि मर्मत गर्न थालिएको छ ।

मर्मत कार्यमा सजिलो होस् भनेर बिहान, दिउँसो र राति गरी दैनिक ७ घण्टाका लागि आवागमन बन्द गरिएको छ । पुलको मर्मतका लागि दैनिक बिहान ७:१५ देखि ९:१५ बजेसम्म, दिउँसो ११ देखि २ बजे तथा राति ८ देखि १० बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको माहाकाली नगरपालिका ६ का वडा अध्यक्ष दिलबहादुर सिंजालीले बताए ।

२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ । पुलमा ५० किलो तौलसम्मका सामाग्री मात्रै बोक्न पाइने नियम बनाइए पनि मापदण्डविपरीत सामानहरु बोक्ने गरेका पुल जीर्ण बन्दै गएको हो । शनिबारदेखि सुरु गरिएको मर्मत कार्य पुस ५ गतेसम्म चल्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट