देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याएका कुलमानलाई ‘नास्ट प्रविधि पुरस्कार’

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको छ ।

शुक्रबार शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७औँ वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक घिसिङलाई १ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरेका हुन् ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याए बापत घिसिङलाई उक्त पुरस्कार प्रदान गरिएको हो । वि.सं २०७३ को भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले व्यहोरिरहेको लोडसेडिङको अन्त्य गरेपछि सबैको मन जिते ।

नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्रविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट