देशभर चिसो बढ्यो, न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहीबार

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

अहिले देशको पश्चिमी भू-भाग तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहे पनि देशभर न्यूनतम तापक्रम घटिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार जारी गरेको मौसमी बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि देशको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने छ । न्यूनतम तापक्रम घट्दै गएपछिद देशभर नै चिसो बढ्दै गएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट