दौड प्रतियोगिताका कारण मंसिर २० र २१ गते सडक अवरुद्ध हुने

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी शुक्रबार २० गते र २१ गते शनिबार साइकल दौड प्रतियोगिताका लागि स्थान विशेषका सडक अवरुद्ध हुने जनाएको छ ।

१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले कलङ्कीदेखि सूर्यविनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानो थिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गरे ।

उनले सो क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत आग्रह गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट