प्याजको मूल्य छिट्टै घट्ने

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार

काठमाडौं । चीनबाट ठूलो परिमाणमा प्याजको आयात गरिएपछि अब प्याजको मूल्य घट्ने भएको छ ।

भारत सरकारले आफ्नो देशमा प्याजको अभाव भएपछि निर्यातमा रोक लगाएका कारण नेपालमा प्याजको मुल्य आकाशिएको व्यापारीहरु बताउँछन् । अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ सय ५० सम्म पुगेको छ ।

मंगलबार चीनबाट ५२ टन प्याज भित्रिएको र अब क्रमशः मूल्य घट्दै जाने समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । उनका अनुसार अझै ठूलो परिमाणमा चिनियाँ प्याज काठमाडौं भित्रिने छ ।

नेपालमा दैनिक रुपमा ८० देखि ९० मेट्रिक टन प्याज आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको ४१ हजार नौ सय मेट्रिक टन प्याज आयात भएको भन्सार विभागले जनाएको छ।

चिनियाँ प्याजलाई थोकमा व्यापारीहरुले प्रतिकेजी एक सय ४० रुपैयाँका दरले बिक्रि गरिरहेका छन्। कालिमाटी बजारका थोक व्यापारी नारायण पाण्डेले चाइनीज प्याजलाई एक सय ४० रुपैयाँका दरले बिक्रि गरिरहेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट