सिद्धबाबालाई चारदिन हिरासतमै राख्न अदालतको आदेश

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार

सुनसरी । जिल्ला अदालत, सुनसरीले आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबालाई चारदिन थुना मै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले आजै बिहान आईसीयूबाटै नियन्त्रणमा लिएको थियो । सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए।

सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको प्रहरी टोलीले उनलाई बिहान ४ बजे पक्राउ गरेको हो। एम्बुलेन्समा राखेर उनलाई सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो। प्रहरीले अनुसन्धाका लागि सिद्धबाबालाई सोमबारै अदालतमा उपस्थित गराएको थियो। पक्राउसँगै उनीबाट बरामद सबै सबुत जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट