अछामको छाउगोठमा २१ वर्षीया पार्वतीको मृत्यु

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार

साँफेबगर । अछामको साँफेबगर नगरपालिका-३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वती बुढा रावतको छाउपडी गोठमा ज्यान गएको छ ।

आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत फेला परेकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फुटाएर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिए ।

मृतकका श्रीमान करन रावत ६ महिनादेखि रोजगारीको सिलसिलामा भारतमा रहेका नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट