अन्य पार्टीका कुरा सुने पनि भोट नेकपालाई नै हाल्ने हो : धराने जनता

प्रकाशित मिति: १ मंसिर २०७६, आईतवार

धरान । धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा दौडी रहेका छन् । उपनिर्वाचनमा विजय हासिल गर्न धरानका राजनीतिक पार्टीका उम्मेदवारहरु जनताको घरदैलोमा भोट माग्दै हिडिरहेका छन् ।

धरान उपमहानगरको मेयरका लागि नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रकाश राईलाई विजय गराउन स्थानीय नै घरदैलो अभियानमा लागेका छन् । घरदैलो अभियानमा हिडेका नेकपा उम्मेदवार राईलाई स्थानीय जनताहरुले विजय उत्सव मनाए झैं फुलमाला र अबिरले स्वागत गर्ने गर्दछन् । उनीहरुले नेकपालाई सुख दुःखको साथी र कांग्रेसलाई पर्यटक पार्टीको संज्ञा दिएका छन् ।

घरदैलो अभियानअन्तर्गत आइतबार धरानको १७ नम्बर वडामा भोट माग्न पुगेका नेकपा उम्मेदवार राईलाई सिङ्मी चौकका महप्रसाद राईले भने, ‘अन्य पार्टीहरु पनि घरघरमा आएर भोट मागेका छन् तर, उनीहरुका कुरा धरान १७ का जनताले सुन्ने मात्र हो, भोट त नेकपालाई नै हाल्ने हो ।’

त्यस्तै दियालो मार्गका बुद्धिमान विश्वकर्माले भने, ‘हिजो र अस्ति कांग्रेसले पनि राती ९ बजेसम्म घरदैलो अभियान गर्दै जसरी पनि भोट कांग्रेसमा लगाउनु भनेका छन् । हामीले उनीहरुका कुरा राम्ररी सुनेका छौ तर, भोट त सूर्यमा पक्का छ । किनभने आज सम्म नेकपा हाम्रो सुख दुःखको साथी हो ।

आज बिहान १७ नम्बर वडा पार्टी कार्यालय रेल्वे चोकबाट सुरु भएको उक्त अभियानमा संघीय सांसद् तथा नेकपाका जिल्ला सदस्य जयकुमार राई, धरान १७ का वडाध्यक्ष मनोज भट्टराई, संयोजक सुवास वर्देवा, जिल्ला सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ), अशोक राईसहित नगर तथा वडा स्तरका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट