कालापानी हाम्रो हो, वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गर्नुपर्छ : सभापति देउवा

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

कञ्चनपुर । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सीमा विवाद समाधानका लागि पहल गर्न नसकेको आरोप लगाएका छन् ।

सरकारले राष्ट्रवादको नारा दिए पनि त्योअनुसार काम गर्न नसकेको भन्दै सभापति देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

उनले भने, ‘कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो’, ‘सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’ देउवाले आफू सत्तामा रहँदा पनि कालापानीको विषय जोडदार रूपमा उठाएको जानकारी दिँदै महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको जिकिर गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट