ईट्टाभट्टामा जिँउदै मान्छे जलाएका आलम कारागार चलान

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

रौतहट । बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा जिँउदै जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद् मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा चलेको थुनछेक बहसपछि आलमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो। नेपाली कांग्रेसतर्फ रौतहटबाट संघीय संसदका लागि निर्वाचित सांसद् आलममाथि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप लागेको थियो ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले अनुसन्धान गर्दै आलमलाई पक्राउ गरेको थियो। प्रहरीले आलमसहित ११ जनालाई प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट