धराने जनताको नजरमा प्रकाश राई भावी मेयर, प्रचारप्रसार बन्यो विजय जुलुस

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार

धरान । विगत ३५ वर्षदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिय ,कुनै पनि राजनैतिक पार्टी होस् वा व्यक्ति नै, कसैले पनि औला धरी उठाउन नसकेका निस्कलंक र बौदिक व्यक्तिव, धरान उपमहानगरपालिकामा मङ्सिर १४ गते हुने उपनिर्वाचनका सूर्य ध्वजावाहक उम्मेदवार प्रकाश राई हाल घरदैलो कार्यक्रमका लागि धराने जनताहरुको घर आगनमा पुगीरहेका छन् ।

धरानले नै जन्माएका नेता राईलाई चुनाव प्रचारप्रसार कै क्रममा सिंगो धराने जनताहरुले उनको घरदैलो कार्यक्रममा ठूलो संख्यामा सरिक भइ निर्वाचन अगाडी नै जनस्तरबाट धरानको मेयर घोषणा गरिदिएका छन् ।

जहाँ जहाँ राई पुग्छन त्यहि त्यहि नै जनताहरुले उनलाई फुलमाला अनि अबिरले स्वागत गर्ने र अग्रिम बधाई दिने गरेको पाइन्छ । कुनै गाउँ अनि टोलहरुमा त राई प्रचारप्रसारमा आउने खबर पुग्ग्न नपाउँदै फुल माला अनि अबिरसहितको हुल नै बाटो कुरिरहेको दृश्यहरु प्रशस्त रुपमा देखिने गर्दछ ।

यसरी फुलमाला बोकेर बाटोबाटोमा कुरिरहेका धराने जनताहरुलाई हामीले सोध्यौ चुनाव प्रचारप्रसारको बेलामा नै किन अबिर जात्रा गर्नु परेको भनेर ?

उनीहरुले सहज र सरल जवाफ फर्काए कि चुनाव त विरोधि भन्दा डबल मतान्तरले हामीले जितिसकेका छौ अनि मङ्सिर १४ गतेको उपनिर्वाचन त औपचारिकताको लागि मात्रै हो । त्यसैले यो हाम्रो चुनाव प्रचारप्रसार होइन बरु अग्रिम विजय र्याली नै हो । किनकि सवाल छ हाम्रो भविष्ण् अनि सिंगो धरानको ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट