मिर्गौला ‘तस्करी काण्ड’: निदान अस्पतालका सिइओसहित पाँच जना जेल चलान

प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार

काठमाडौं । जिल्ला अदालत ललितपुरले मिर्गौला किनबेचको आरोप लागेका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई जिल्ला अदालत ललितपुरले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उनीहरूले नक्कली भान्जा नाता पर्ने मानिसलाई नक्कली कागजपत्र बनाएर मिर्गौला झिकेको प्रहरी अनुसन्धानमा फेला परेको थियो। आलेले नक्कली आफन्त खडा गरेर कागजात तयार पारेको भन्दै उनीहरूलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो। अनुसन्धानपछि प्रहरीले उनीहरूलाई मानव अंगको कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो।

पक्राउ परेकामध्ये भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट