नेकपाको घरदैलो अभियान विष्णुपादुकामा

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

धरान । धरान उपमहानगरमा यही मंसिर १४ गते हुने उप-निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट मेयर पदको उम्मेदवार बनेका प्रकाश राई घरदैलो अभियानमा जुटेका छन् ।

बुधबार नेकपाको घरदैलो अभियानअन्तर्गत धरान उपमहानगरभित्रको विकट तथा दुर्गम क्षेत्र साविक विष्णुपादुका पुगेर राईले विकास र समृद्धि नेकपाबाट मात्रै संभव भएकाले विष्णुपादुकावासीलाई नेकपाका उम्मेदवारलाई भारी मतले वियज गराउन आग्रह गरे ।

धरानको समृद्धि र विकासमा जोड दिने प्रतिबद्धता जनाएका मेयरका प्रत्यासी राईले आफू विजयी भएर विष्णुपादुकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

घरदैलो चुनावी अभियान विष्णुपादुकाको बन्दुके, टोड्के, तामाखाम, गुरुङछाप, बाघखोप, सुलीकोट, विष्णुपादुका मन्दिर क्षेत्र, कोकाहा, भन्ज्याङ, खैरे लगायतका स्थानमा पुगेको थियो । घरदैलो अभियान बिहीबार धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानबारीमा हुने निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

नेकपाका उम्मेदवार, नेता तथा कार्यकर्ता सहित घरदैलो अभियानका टोलीलाई विष्णुपादुकावासीले भव्य रुपमा स्वागत गर्दै विजयको शुभकामना दिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट