नेकपा धरान चुनावी प्रचारमा, २१ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन

प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार

धरान । नेकपा धरान औपचारिक रुपमा उपनिर्वाचनमा लागी परेको छ। नेकपाले आज धरान-१५ स्थित चुम्लुङ भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आफ्नो पार्टीको उम्मेदवार घोषणा गर्नुको साथै निर्वाचन परिचालन कमिटि पनि गठन गरेको छ ।

एक भब्य कार्यक्रमका बीच केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मराज निरौलाले नेकपाका उम्मेदवारहरुको नामवाली औपचारिक रुपमा घोषणा गरेका हुन् । सोहि कार्यक्रम मार्फत २१ सय १ सदस्यीय निर्वाचन परिचालन मूल कमिटि र विभिन्न उपसमितिहरुको पनि घोषणा गरिएको छ ।

उपनिर्वाचन परिचालन मूल कमिटिको संयोजकमा नेकपा सुनसरी जिल्ला सचिव रमेशकुमार बस्नेत र सह–संयोजकहरुमा नेकपा जिल्ला सदस्यहरु मुरारी सुवेदी, अशोक राई, फोक्वाहाङ सुब्बा ‘चोत्लुङ’ र पदमप्रसाद लिम्बू रहेका छन् ।

त्यसैगरी उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारहरुको जितलाई सुनियोजित गराउन निम्न अनुसारको प्रचारप्रसार उपसमितिहरु पनि गठन गरिएको छ।

प्रचारप्रसार उपसमिति संयोजक- भीम राई ज्वाला,

जनपरिचालन उपसमिति संयोजक- अशोक राई,

विद्यार्थी परिचालन उपसमिति संयोजक – खेम रणपहेली,

युवा परिचालन उपसमिति संयोजक – हरि लिम्बू,

खेलकुद उपसमिति संयोजक – हिमाल लिम्बू,

सुकुम्बासी तथा भूमिहिन परिचालन उपसमिति संयोजक – नरेश इवारम,

उम्मेदवार कार्यक्रम सामाजिक तथा राजनीतिक उपसमिति संयोजक – रवि खनाललगायात ।

त्यसैगरी धरान बजार वडा नम्बर ४ बाट यहि कार्तिक १९ गतेदेखि पार्टीको उम्मेवारसहितको घरदैलो कार्यक्रम गर्ने र मंसिर ९ गतेसम्ममा सम्पूर्ण वडाहरुमा घरदैलो कार्यक्रम गरी सक्ने योजना रहेको नेकपा धरानले जनाएको छ ।

प्रचारप्रसार कार्यक्रमको समापन भने मंसिर ११ गते भानुचोकमा एक विशाल सभाको आयोजना गरी हुनेछ । कार्यक्रममा मेयरका प्रत्यासी प्रकाश राईले धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, बसपार्क निर्माण, सेउती र सर्दु करिडोरको निर्माण, खहरे खोला नियन्त्रण, धरान नगरलाई सुन्दर अनि समृद्ध बनाउने योजना रहेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट