आस्थाको महापर्व छठ सम्पन्न

प्रकाशित मिति: १७ कार्तिक २०७६, आईतवार

काठमाडौं । आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै यसवर्षको छठ पर्व समपन्न भएको छ।

शनिबार बेलुका अस्ताउँदो सूर्यलाई विशेष पूजा गरी अर्घ्य दिएका व्रतालुहरुले आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।

बिहीबारदेखि सुरु भएको छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन शुक्रबार खरना, छठ पर्वको मुल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सँझिया अर्घ्य र आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समपन्न भएको हो।

सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट