‘किड्स अफ दि इयर’को उपाधि चिराग, संस्कृति र सानवीलाई (भिडियोसहित)

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार

काठमाडौं । ‘किड्स अफ दि इयर २०१९’को उपाधि चिराग बजगाई, संस्कृति पाण्डे र सानवी सारले हात पारेका छन् । राष्ट्रिय नाचघर जमलमा शनिबार सम्पन्न प्रतियोगितामा चिरागले बालकतर्फ, संस्कृतिले बालिकातर्फको जुनियर र सानवीले सिनियरतर्फको उपाधि आफ्नो नाम गरेका हुन् ।

तीनै विजेताले उपाधिका साथमा विभिन्न गिफ्ट तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा बालकतर्फ पञ्चाङ मिश्र फष्ट रनरअप र उज्वल लामा सेकेन्ड रनरअप, जुनियर बालिकातर्फ रिमझिम पाल्देन लामा र डिकी चेन्जोन शेर्पा क्रमश फष्ट रनरअप र सेकेन्ड रनरअप, सिनियर बालिकातर्फ संध्या साह फष्ट रनरअप र कितावी बराल सेकेन्ड रनरअप घोषित भएका थिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगीतामा ९ देखि १४ वर्षसम्मका १४ बालक र ३२ बालिका सहभागी भएका थिए । प्रतियोगिताममा बालिकातर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याइएको थियो । कार्यक्रममा बालबालिकालाई डिजाइन श्रीषा बैदार फैजुले तयार पारेका आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।

स्यान्द्रा पुन (अन्तर्राष्ट्रिय मेकअप आर्टिस), ऋषिराज आचार्य (चलचित्र निर्देशक), पुनम प्रधान (गायिका) ऋचा न्यौपाने (सेकेन्ड रनरअफ मिस काभ्रे २०१८) सरिता ज्ञावली (कार्यक्रम प्रस्तोता तथा निर्माता कान्तिपुर टेलिभिजन) निणार्यक रहेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट