सुनको मूल्य घट्यो

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा २ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदी पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट