सी नेपाल आउँदा-जाँदा विमानस्थल ६ घण्टा बन्द हुने

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा/जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति काठमाडौं आइपुग्दा भोलि दिउँसो ३ बजेदेखि ५ः३० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण हुने छैनन् ।

विमानस्थल कार्यालयले अहिलेसम्म उडान प्रभावित हुने समय तालिका औपचारिक रुपमा सार्वजनिक गरेको छैन। उनी आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान बन्द हुनेछन् ।

भारतको चेन्नई हुँदै काठमाडौं आइपुग्ने सी २६ गते दिउँसो १२ः३० मा स्वदेश फर्कनेछन् । सी फर्कंदा २६ गते बिहान ११ बजेदेखि करिब १ः३० सम्म पनि अरू उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट