स्वरुपले जिते ‘काठमाडौं फेशन मोडल’को उपाधी

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । काठमाडौं फेशन मोडलको उपाधि स्वरुप केसीले हात पारेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि आफ्नो नाम गरेका हुन् ।

उनले विजेताको ताजसँगै विधागततर्फको मस्ट चार्मिङ र अडियन्स चोईस अवार्ड समेत जिते । यस्तै प्रतियोगितामा संगम पुन मगरले फष्ट रनरअपका साथै मिस्टर हेन्डसमको उपाधी जिते ।

प्रतियोगितमा विधागततर्फ अन्जली शाहले ‘मस्ट पपुलर, मस्ट ट्यालेन्टे र मस्ट फोटोजेनिक, कनिस्क्स जोन्छें मल्टिमिडिया चोइस र मस्ट एक्टिभ, अग्रता भट्टराई मस्ट फ्रेन्डली, बिन्दु सरु मगर बेस्ट पर्सनालिटी, एजस्वी बुढाथोकी मिस ब्युटिफुल, इभाना ताम्राकार मस्ट क्युट र स्वोप्न पौडेलले बेस्ट स्माईलको अवार्ड जितेका थिए । उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

उपाधी विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम् अतिथिहरुले पुरस्कृत गरेका थिए । मोडल सङ्स नेपालले आयोजना गरेको कार्यक्रममा केन्द्रिय बाल कल्याण समितिका पूर्व अध्यक्ष डिल्लीराम गिरीको प्रमुख आतिथ्यता तथा कर्पोरेट ग्रुप अफ कम्पनीका अध्यक्ष उज्ज्वलजंग शाहको विशेष आतिथ्यता रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट