दशैँको मुखमा फेरि बढ्यो सुनको मूल्य

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

मंगलबार प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको सुनको मूल्य बुधबार ६०० ले वृद्धि भएर प्रतितोला रु ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ६९ हजार ५०० मा कारोबार भएरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भएरहेको महासङ्घले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट