चीनको कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

चीन । चीनको एक कारखानामा आगलागी हुँदा करिब १९ जनाको मृत्यु भएको छ । आइतबार मध्यराती चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने कारखानामा आगलागी हुँदा १९ जनाको ज्यान गएको स्थानीय प्रहरीले जानाकरी दिएका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ। आगलागीको कारण अझै खुल्न नसकेको स्थानीय प्रहरीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट