ठूला मालवाहक सवारीलाई काठमाडौं प्रवेशमा रोक

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । यातायात व्यवस्था विभागले ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

विभागले दशैँमा काठमाडौं बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै असोज १२ गते आइतबारदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाएको जनाएको छ । ठूला सावारीका कारण सडकमा हुने जामका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेपछि सरकारले यस्तो निर्णय गरेको हो।

विभागले सूचना जारी गर्दै त्यस्ता सवारी साधनहरुलाई चितवनको नारायणघाटमै रोकिने जनाएको छ। अति आवश्यक खाद्यसामग्री, कपडा, औषधि, तरकारी लगायतका सामग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट