दोस्रो संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड’ सम्पन्न

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । बिहिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो ।

पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।

त्यस्तै, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए । कार्यक्रममा विभिन्न ६७ विधामा अवार्ड प्रदान गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट