आजदेखि नयाँ नोट साट्न पाइने

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । आजदेखि सर्वसाधारणले दशैँका लागि नयाँ नोट साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले पाँच, दश, २०, ५० र १०० दरका एक–एक पकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ।

दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले साना दरका नयाँ सुकिला नोट बजारमा पठाएको हो। केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौं उपत्यकाका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट