पाकिस्तानमा शक्तिशाली भूकम्प, ४ को मृत्यु ५० बढी घाइते

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार

इस्लामबाद । पाकिस्तानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी चार जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

राजधानी इस्लामाबाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ। ८–१० सेकेन्डसम्म गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्मै महसुस गरिएको बताइएको छ। हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए । भारतको मौसम विभागले भने भूकम्प ६.३ म्याग्नेच्युड भएको बताएको छ। भूकम्पमा परी पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट