फिफा वर्ष खेलाडीको अवार्ड मेस्सी र मेगानलाई

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् । ३२ वर्षीय मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोई, वर्ष प्रशिक्षकको अवार्ड लिभरपुलका जर्गेन क्लोप्प, महिला टिमको प्रशिक्षकको अवार्ड जिल एलिस र लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले फेयर प्ले अवार्ड पाए ।

बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका मेस्सीले गएको सिजन ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेले। जसमा उनले ४ हजार २४ मिनेट मैदानमा बिताएका थिए। त्यसमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल गरेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट