मौसम बिग्रिएपछि जहाजहरु आकाशमै फन्को लगाउँदै

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या आएको छ । सोमबार राातिदेखि परेको झरीले विमानस्थलको उडान तथा अवतरण रोकिएको छ ।

काठमाडौंमा निरन्तरको वर्षाले मौसम बिग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य उडान तथा अवतरण रोकिएको हो ।

विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक काठमाडौं नजिकैको आकाशमा फन्को लगाइरहेका छन् ।

मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प गरिएको छ । जहाज उडान भइरहे पनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट