लुक्लाबाट उडेका ७ हेलिकप्टर काभ्रेको धानखेतमा आकस्मिक अवतरण

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काभ्रे । मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको धानखेतमा आकस्मिक अवतरण गरिएका छन्।

सोलुखुम्बुको लुक्लाबाट काठमाडौं उडेका उक्त हेलिकप्टर मौसम प्रतिकूल नभएका कारण काठमाडौं छिर्न नसकेपछि बीचमै आकस्मिक अवतरण गरिएका हुन्। काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट उडेका हेलिकप्टरमध्ये जिल्लाको पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको जानकारी दिए ।

सोलुखुम्बुको लुक्लाबाट मंगलबार बिहान काठमाडौंका लागि ७ वटा हेलिकप्टर उडेका थिए । जसमध्ये चार हेलिकप्टर काभ्रेमा र तीन हेलिकप्टर सिन्धुलीमा आकस्मिक अवतरण गरिएका हुन्। हेलिकप्टरमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाडौंका लागि उड्ने जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट