समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क भएर प्रतिवाद गर्नुपर्छ: प्रचण्ड

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

हजारौँ नेपाली छोराछोरीको बलीदानबाट प्राप्त उपलब्धीलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताउँदै प्रचण्डले चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेको बताए ।

काठमाडौंमा सोमबार भएको कार्यक्रमलाइ सम्बोधन गर्दै दाहालले अराजकताको आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट