अभिभावकविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिन्छ: प्रधानमन्त्री

प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकविहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको जानकारी दिए ।

बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुर्व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताउँदै प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र होइन यो दीर्घकालीन राष्ट्रिय अभिष्ट भएको र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिने बताए ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्-‘आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट