‘युवा तिमी धुव्रतारा हौ’ को भिडियो सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

काठमाडौं । शान्ति सदा र गूरुशरण सदाद्वारा स्वरबद्व स्वदेशी गान ‘युवा तिमी धुव्रतारा हौ’ को म्यूजिक भिडियो विमोचन गरिएको छ ।

श्रीलक्ष्मी सिंहद्वारा रचित उक्त गीतमा आफ्नो बाध्यताका कारण दैनिक लाखौं युुवाहरु विदेशिरहेको अवस्थामा देशमा नै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रेत भई स्वदेशमै रोजगारीका सम्भावना खोज्न आवश्यक रहेको भावना समेटिएको छ । गीत मार्फत ‘युवा तिमी ध्रुव तारा हौ, युवा तिमी सगरमाथा हौ’ भन्ने मूल भावसहित देशको विकास युवाको काँधमा रहको भन्ने सन्देश दिन खोजिएको छ ।

मुनलाईट फिल्मस् प्रा.लिद्वारा उत्पादित तथा सवरी संकल्प समाजको समन्वय रहेको उक्त गीतको निर्देशन आसिक राई, श्रीलक्ष्मी सिंहको शब्द, गूरुशरणको लय सम्पादन र न्हुच्छे मर्हजनको संगित संयोजन रहेको छ । गीतलाई शान्ती सदा एण्ड गूरुशरण सदा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार उक्तम केसी, लक्ष्मण चौलागाँई, गोमा काफ्ले, आदित्य ठकुरी, संगिता श्रेष्ठ, सन्तोष गुरुङ तथा सावित्रा भुजेलको अभिनय रहेको उक्त गीतमा बालकलाकारको रुपमा शशि सदा, सगुन सदा, शक्ति सदा, समिक्षा सदालाई देख्न सकिन्छ ।

शनिबार राजधानीमा आयोजित लोकापर्ण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारी आज हर कसैको बाध्यता रहे पनि स्वदेशमा नै धेरै गर्न सकिन्छ भन्ने भावना यो गीतले दिन खोजेको बताए । गीतका सहयोगी तथा निर्माता डिल्लीरमण सिंहले गीतको माध्ययमबाट देशभित्रै केही गर्नुपर्छ भन्ने जागरण ल्याउन सकिने बताए । संगितले हरेक नेपालीको पीडालाई सम्बोधन गर्दै पीडित नेपालीको धाउमा मलमको काम गर्ने पनि उनको भनाई छ ।

कार्यक्रममा उक्त गीतमा सहयोग पु¥याउने कलाकार तथा निर्माण समूहलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो । मधेसी मुलका सदा दम्पत्तीले मैथली भाषामा झण्डै एक सय र नेपाली भाषाका आधा दर्जन जति गीतहरुमा स्वर दिई सकेका छन् ।

https://youtu.be/Yj674Y5Y5lc


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट